Market Closed

चौतारी लघुवित्तको खुद नाफा १७३.५६% ले बढ्नुमा यस्तो छ कारण

21 Jul,2019
  • report_1_18_2019_11_43_11.jpg
नेपाली पैसा
 
काठमाडौं : चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १७३.५६% धेरै हो । अघिल्लो वर्ष चौतारीले १ करोड ३ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी गरेपछि खुद नाफा पनि बढेको हो । चौतारीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ८५.७८% र ४७.१५% ले बढेको छ । अघिल्लो वर्ष ५ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपालि बढाएर ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ ।
 
यस्तै, सञ्चालन नाफा पनि १ करोड ६२ लाख १ हजार रुपैयाँबाट बढाएर २ करोड ३८ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । हाल चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ४ करोड ३२ लाख १ हजार रुपैयाँ छ । यसको खराब कर्जा ०.५१% रहेको छ । 
 
असार मसान्तसम्म चौतारीले ४७ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५६ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा (वार्षिक) रहेको चौतारीको प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ २ पैसा छ ।

चौतारी लघुवित्तको चौथो त्रैमासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment