Market Closed

नागरिक लगानी कोषको २३.१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, वैशाख ७ मा एजीएम

04 Apr,2018
  • Citizen-bank-internation1_8_18_2017_6_39_52_4_4_2018_10_49_50.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषको २३.१५% लाभांश सुरक्षित गर्ने बुधबार (चैत २१ गते) अन्तिम दिन हो । कोषले वैशाख ७ गते हुने २२ औं वार्षिक साधारण सभामा २२% बोनस र कर तिर्न १.१५% नगद गरी कुल २३.१५% लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि लगानी कोषले बिहीबार (चैत २२ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ ।
 
यसअधारमा, बुधबारसम्म कायम सेयरधनीले मात्र नागरिक लगानी कोषको लभांश पाउने छन् । नयाँ लगानीकर्ताले पनि लाभांश सुरक्षित गर्न बुधबारभित्र कोषको सेयर किनेको हुनुपर्नेछ । नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश बापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
 
आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिनेछ । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २७२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ रहेको यस संस्थाको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ छ ।

Post Your Comment