Market Closed

नागरिक लगानी कोषको २२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

05 Apr,2018
  • Citizen-bank-internation1_8_18_2017_6_39_52_4_5_2018_10_38_05.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषको २२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २५३.२८ रुपैयाँ कायम भएको छ । बिहीबार कोषको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २ हजार ७८५.६४ रुपैयाँ छ ।
 
नागरिक लगानी कोषले वैशाख ७ गते हुने २२ औं वार्षिक साधारण सभामा २२% बोनस र १.१५% नगद गरी कुल २३.१५% लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि कोषले बिहीबार (चैत २२ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । सभामा आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने छ ।
 
हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २७२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ रहेको यस संस्थाको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ छ ।

Post Your Comment