Market Closed

नागरिक लगानी कोषको साधारण सभा शुक्रबार, २२% बोनस सेयर पारित गर्ने प्रस्ताव

19 Apr,2018
  • Citizen-bank-internation1_8_18_2017_6_39_52_4_19_2018_11_18_44.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषको वार्षिक साधारण सभा शुक्रबार (वैशाख ७ गते) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुँदैछ । सभामा कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजानेछ । त्यस्तै, कर तिर्न १.१५% नगद लाभांश दिने पनि सभाको एजेन्डा छ ।
 
नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश वापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ । आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि सभामा पेश गरिनेछ ।
 
साधारण सभा गर्न कोषले चैत २२ देखि शुक्रबारसम्म बुक क्लोज गरेको छ । चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ ।

Post Your Comment