Market Closed

नागरिक लगानी कोषले फेरि दिने भयो २२.०६% बोनस, कर तिर्न १.१६% नगद पनि

21 May,2018
  • Citizen-bank-internation1_8_18_2017_6_39_52_4_20_2018_10_59_49_5_21_2018_12_57_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषले २२.०६% बोनस सेयर दिने भएको छ । कोषले बोनस सेयरमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिने जनाएको छ । लगानी कोषले गत आर्थिक वर्ष २०७३।७४ को नाफाबाट बोनस र नगद लाभांश दिन लागेको हो । बोनस प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरिने कोषले जनाएको छ ।
 
बोनस सेयरका लागि १९ करोड ९२ लाख २८ हजार ९६६ रुपैयाँ र कर तिर्न १ करोड ४ लाख ८५ हजार ७३५ रुपैयाँ खर्च गर्नेछ । यसअघि गत वैशाख ७ गते पनि आर्थिक वर्ष २०७२।७३ को वार्षिक साधारण सभा गरी २२% बोनस र १.१५% नगद लभांश दिने प्रस्ताव पारित गरिसकेको छ । उक्त बोनस नेप्सेमा सूचीकरण हुन बाँकी नै छ ।

Post Your Comment