नयाँ योजना बनाउँदै लगानी कोष

03 Sep,2015

 नागरिक लगानी कोष ५ वर्षे दीर्घकालीन रणनीतिक योजना ल्याउने तयारीमा लागेको छ । संस्थालाई अझ बढी प्रभावकारी बनाउन दीर्घकालीन रणनीतिक योजना ल्याउन लागिएको लगानी कोषद्वारा जारी पिज्ञप्तिमा उल्लेख छ ।  

विदेशस्थित नेपालीलाई एकाङ्की योजनामा समावेश गराउने, पूँजी बजार विकासका लागि आवश्यकताअनुसार सहायक कम्पनी खडा गर्ने, पूँजी बजारसम्बन्धी परामर्श सेवालाई अझ प्रभावकारी बनाउने नीति, योजना र कार्यक्रम ल्याउने कोषको योजना छ । यस्तै, बजार निर्माताको भूमिकालाई अझ व्यावसायिक र फराकिलो बनाउने, प्राथमिक  शेयर निष्कासनलगायत सम्पादित कार्यलाई चुस्त र प्रतिस्पर्धी बनाउनेलगायत योजना कोषले अघि सारेको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कार्यरत वित्तीय सङ्घ–सस्थासँग प्रतिस्पर्धा गर्न दीर्घकालीन कार्यतर्फ अग्रसर हुन तयारी गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Post Your Comment