Market Closed

करीब १ वर्षपछि खुल्यो नागरिक लगानी कोषको शेयर कारोबार

02 Dec,2015
 मसिंर १६, काठमाडौं । करीब १ बर्षपछि नागरिक लगानी कोषको शेयर कारोबार खुला भएको छ । २०७१ फागुन २७ गतेदेखि कारोबार बन्द रहेको कम्पनीको शेयर खुला भएको हो । कारोबार भइसकेको शेयरको नामसारी नगरेको विषयमा विवाद भएपछि नेप्सेले कोषको कारोबार रोकेको थियो । 
राष्ट्र बैङ्कको निर्देशन अनुसार योगेन्द्रभक्त श्रेष्ठको शेयर कारोबार रोक्का राख्नु नपर्ने पुनरावेदन अदालतको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरे पछि यो विवाद समाधान भएको हो ।  श्रेष्ठले बिभिन्न संस्थालाई तिर्नुपर्ने रकम उठाउने प्रयोजननको लागि शेयर बिक्री गर्न राष्ट्र बैङ्कले स्वीकृती दिएको भएपनि नेसे र कोषबीच आपसी विवादमा शेयर कारोबार रोक्का भएको थियो । 
हस्ताक्षर प्रमाणिकरण नगरेर ती शेयर कारोबार गरेको भन्दै कोषले नामसारी नगर्ने बताउँदै आएको थियो ।  श्रेष्ठले बिक्री गरेको कोषको ६ सय २५ कित्ता शेयरको कोषले नामसारी गर्न नमानेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । 
नागरिक लगानी कोषले नै आफ्नै शेयर रजिष्ट्रारको काम समेत गर्ने गरेको छ । कोषले आफ्नो नाममा रहेको शेयर रोक्का राखेपछि श्रेष्ठले शेयर फुकुवा गर्न पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतको फैसला चित्त नबुझेपछि कोषले पुनः सर्वाेच्च अदालतमा रिट दायर गरेको थिए । 
समस्याग्रस्त घोषणा भएको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालिन कार्यकारी निर्देशक योगेन्द्र भक्त श्रेष्ठ र उनका परिवारको नाममा कोषको एक लाख २२ हजार कित्ता शेयर रहेको छ । कोषले नेपाल शेयर मार्केट्समा तत्कालिन समयमा ३५ करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा राखेको थियो । तर फाइनान्स डुबेपछि कोषले यागेन्द्रभक्त श्रेष्ठको नाममा रहेको कोषको शेयर कारोबार नै रोक्का राख्दै आएको थियो । 
 
 

Post Your Comment