Market Closed

आइएलएफसीओको ५% बोनस सेयरपछि कतिमा भयो मूल्य समायोजन ?

19 Feb,2017
  • Price_adjustment_2_19_2017_11_09_14.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले आइतबार आइएलएफसीओ माइक्रोफाइनान्सको मूल्य समायोजन गरेको छ । आइएलएफसीओको ५% बोनस सेयरपछि प्रतिकित्ता ५३० रुपैयाँमा भाउ समायोजन भएको हो । बोनस समायोजनपछि यो माइक्रोफाइनान्सको पहिलो कारोबार ५३० रुपैयाँमा हुनेछ । आइएलएफसीआको औसत आधार मूल्य भने ३१५ रुपैयाँ छ ।

आइएलएफसीओले फागुन २२ गते साधारण सभा बोलाएको छ । साधारण सभा गर्न यो माइक्रोफाइनान्सले फागुन ७ गतेदेखि २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गरेको छ । आइएलएफसीओले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ लाख ७० हजार खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड छ तर रिजर्भ कोषमा भने ७१ लाख २८ हजार रुपैयाँ मात्र छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा छ ।

Post Your Comment