Market Closed

सिभिल लघुवित्तले दिने भयो ४% बोनस सेयर र ३.५% नगद लाभांश

06 Nov,2018
  • Webp.net-resizeimage_(1)_11_6_2018_2_08_50.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५% लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४% बोनस सेयर र ३.५% नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । 
 
सिभिलले गत वर्ष ४.५% बोनस सेयर दिएको थियो । यस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिभिलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ ।

सिभिलले विगतमा दिएको लाभांश :

Post Your Comment