सिटिजन्स म्युचुअल फन्ड र एनआइसी एसिया ग्रोथ फन्डको कारोबार खुला

24 Apr,2018
  • mutual_fund_4_24_2018_11_30_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ र एनआइसी एसिया ग्रोथ फन्डको मंगलबार (वैशाख ११ गते) देखि इकाई कारोबार सुरु भएको छ । नेप्सेले यी दुवै फन्डको पहिलो करोबारका लागि प्रतिइकाई १० रुपैयाँ ओपन रेन्ज दिएको छ । सिटिजन्सले इकाई कारोबारका लागि ‘सीएमएफ १’ संकेत पाएको छ ।
 
यसैगरी, एनआइसी एसिया ग्रोथ फन्डको इकाई ‘एनआइसीजीएफ’ संकेतबाट कारोबार हुँदैछ । नेप्सेमा सिटिजन्स म्युचुअल फन्ड १ को ८ करोड २० लाख इकाई सूचीकृत छ । एनआइसी एसिया ग्रोथ फन्डको पनि ८ करोड ३५ लाख २० हजार इकाई सूचीकृ भएको हो ।

Post Your Comment