सिटिजन्स म्युचुअल फन्डको १० करोड इकाई बिक्री खुला

16 Jan,2018
  • mutual-fund-tree_1_16_2018_11_31_43.png
नेपाली पैसा
 
काठमाडौ : सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ ले मंगलबारदेखि (माघ २ गते) १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ । फन्डले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाई बिक्री गर्न लागेको हो । कुल इकाईमध्ये १५% इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री हुनेछ । इकाई बिक्री माघ ७ गते बन्द हुनेछ । यो अवधिमा आवश्यक मात्रामा इकाई नबिकेमा माघ १७ गतेसम्म बिक्री खुला हुने कम्पनीले जनाएको छ । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमिटेडले गरेको छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ । 
 
 
 

Post Your Comment