सिटिजन्स म्युचुअलको १० करोड इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन

21 Jan,2018
  • mutual_fund_1_21_2018_2_03_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ को १ अर्ब रुपैयाँ बराबरको इकाईमा आवेदन दिने आइतबार (माघ ७ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समय सम्म मात्र यस म्युचुअल फन्डमा आवेदन दिन सकिनेछ । यस फन्डले माघ २ गतेबाट १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५% इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमिटेडले गरेको छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 
 
 
 

Post Your Comment