सिटिजन्स म्युचुअल फन्डमा आवेदन दिने समय थपियो, आइतबारसम्म ५५ करोड पर्यो

22 Jan,2018
  • mutula_n_1_22_2018_11_54_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद थपिएको छ । बिक्री प्रबन्धक सीबीआइल क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङ प्रमुख अनुज दुलालले आइतबारसम्ममा आवश्यकता अनुसार आवेदन नपरेकाले समय थप गरिएको नेपाली पैसालाई जानकारी दिए । अब आवश्यकता अनुसार आवेदन परेपछि आवेदन रोक्का हुनेछ । त्यसो त यसमा ढिलोमा माघ १७  गतेसम्म आवेदन दिने म्याद छ । यसअघि यस फन्डले छिटोमा माघ ७ गते आवेदन बन्द हुन सक्ने जनाएको थियो । तर, यो अवधिमा आवश्यक १ अर्ब रुपैयाँ बराबरको इकाईमा आवेदन नपरेपछि समय बढाइएको हो । दुलालका अनुसार आइतबार सम्ममा यस म्युचुअल फन्डमा १२ हजार आवेदकले ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् । केही बैंकबाट अझै तथ्यांक आउन बाँकी रहेकाले रकम र आवेदन संख्या बढ्न पनि सक्ने जानकारी गराए । यस फन्डले माघ २ गतेदेखि १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५% इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 
 
 
 

Post Your Comment