सिटिजन्स म्युचुअल फन्ड–१ अझै सबै बिकेन, म्याद थप गरी फागुन ३ गतेसम्म पुर्याइयो

01 Feb,2018
  • mutula_n_1_22_2_2_1_2018_11_10_26.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद फेरि थपिएको छ । अब यसमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । सीबीआइएल क्यापिटलले माघ २ गतेदेखि १० करोड इकाईमध्ये १५% कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । क्यापिटलले छिटोमा माघ ७ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो । तर माघ १७ गतेसम्म पनि आवश्यकता अनुसार आवेदन नपरेपछि फेरि म्याद थप गरी फागुन ३ गतेसम्म पुर्याएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 
 
 

Post Your Comment