Market Closed

सिटिजन्स म्युचुअलको १० करोड इकाईमा आवेदन दिने बिहीबार अन्तिम दिन

15 Feb,2018
  • mutual_fund_2_15_2018_10_17_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड–१ मा आवेदन दिने बिहीबार (फागुन ३ गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो फन्डमा आवेदन दिन सकिनेछ । सीबीआइएल क्यापिटलले माघ २ गतेदेखि १० करोड इकाईमध्ये १५% कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । क्यापिटलले छिटोमा माघ ७ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो । तर माघ १७ गतेसम्म पनि आवश्यकता अनुसार आवेदन नपरेपछि फेरि म्याद थप गरी बिहीबार (फागुन ३ गते) सम्म पुर्याएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 

Post Your Comment