सिटिजन्स म्युचुअल फन्डको ८ करोड २० लाख युनिट नेप्सेमा भयो सूचीकृत

16 Apr,2018
  • mutual_fund_4_16_2018_2_51_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ को ८ करोड २० लाख युनिट म्युचुल फन्ड नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भइसकेकाले डिम्याट खातामा आएकाहरुले दोस्रो बजारमार्फत कारोबार गर्न सक्नेछन् । सामान्यतयः सूचीकृत भएको १ सातापछि मात्र किनबेच गर्न पाउने नियम छ । 
 
यस फन्डले माघ २ देखि फागुन ३ गतेसम्म १० करोड म्युचुअल फन्डका युनिट बिक्री खुला गरेको थियो । फन्डले १० करोड युनिटमध्ये १५% कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर बाँकी रहेका युनिटहरु सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सीबीआइएल क्यापिटलको व्यवस्थापन सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । कोष प्रवद्र्धक भने सिटिजन्स बैंक हो । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 
 

Post Your Comment