सिटिजन्स म्युचुअलको २ करोड ७० लाख सूचीकृत सेयरमा लगानी, प्रतिइकाई खुद मूल्य कति ?

25 May,2018
  • mutual-fund-tree_1__5_25_2018_12_44_50.png
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ को वैशाख महिनाको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ १३ पैसा कायम भएको छ । चैतमा १० रुपैयाँ ६ पैसा रहेको प्रतिइकाई खुद मूल्य वैशाखमा ७ पैसाले बढेको हो । यसले कुल १४ वटा सूचीकृत कम्पनीमा २ करोड ७० लाख ४२ हजार २०० रुपैयाँ लगानी गरको छ । अघिल्लो महिना सेयर लगानी १ करोड १२ लाख ३० हजार ३४३ रुपैयाँ मात्र थियो ।
 
सिटिजन्सले कुल ९५ हजार १६० कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै जनता बैंकको ११ हजार कित्ता सेयरमा लगानी छ । रकमका आधारमा भने नबिल बैंकको संस्थापक सेयरमा सबैभन्दा धेरै लगानी रहेको छ ।

नबिलको ५५ लाख ८० हजार ८५० रुपैयाँ बराबरको संस्थापक सेयर किनेको हो । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो पहिलो म्युचुअल फन्ड हो । यसको कोष प्रवद्र्धक सिटिजन्स बैंक हो ।
 

Post Your Comment