Market Closed

सिटिजन्सको बोनस राष्ट्र बैंकले गर्यो स्वीकृत, बोनसपछि फेरि २५ प्रतिशत हकप्रद आउँदै

12 Sep,2016
  • citizen-bank_resize_9_12_2016_11_58_13.jpg
नेपाली पैसा
काठमाडौं : सिटिजन्स् बैंकले प्रस्ताव गरेको बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । 
 
सिटिजन्स् बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई करिब १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । 
 
बैंकले दिएको जानकारी अनुसार लगानीकर्ताले चुक्ता पुँजीको आधारमा ७५ करोड ६ लाख ७५ हजार सात सय ६२ रूपैयाँको बोनस सेयर दिइने भएको हो । 
 
बैंकले केही समयअघि बिक्री गरेको ५५ प्रतिशत हकप्रद सेयरसमेतलाई हिसाब गर्दा बोनस सेयर १६ प्रतिशत हाराहारीमा मात्र पर्न आउँछ । 
 
बैंकले बोनस सेयरमा कर प्रयोजनका लागि खर्च हुने तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रूपैयाँ नगद पनि दिनेछ । 
 
सिटिजन्स् बैंकले बोनस सेयर वितरणपछि कायम हुन आउने पुँजीको २५ प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने भएको छ । 
 
राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा फेरि २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । 
 
सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर र हकप्रद सेयर जारी गर्न अनुमतिका लागि बैंकले असोज १६ मा साधारण सभा बोलाएको छ । 
 
साधारण सभामा बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव लैजादैछ । 
साधारण सभा प्रयोजनका लागि बैंकले असोज ६ देखि १६ गतेसम्म सेयरधनी दर्ता किताबसमेत बन्द गर्ने भएको छ ।
सिटिजन्सको साधारण सभा असोज १६ गते बिहान ११ बजे थापागाउँ ब्यांकेट नयाँबानेश्वरमा बस्नेछ ।

Post Your Comment