सिटिजन्स बैंकको सेयर रजिष्ट्रारसम्बन्धी सबै काम असोज ३० गतेसम्म स्थगित, कात्तिक १ देखि सीबीआइएलबाट

06 Oct,2016
  • citizen-bank_resize_10_6_2016_12_01_20.jpg
नेपाली पैसा 
काठमाडौं : सिटिजन्स बैंकले असोज ३० गतेसम्मका लागि सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको छ । 
 
हालसम्म सिटिजन्स बैंकको सेयर रजिस्ट्रारको सबै काम ग्लोबल आइएमई क्यापिटलबाट हुँदै आएकामा अबदेखि आफ्नै सहायक कम्पनी सीबीआइएल क्यापिटल लिमिटेडबाट गरिने भएकाले हिसाब मिलानका काम गर्न असोज २० देखि ३० गतेसम्म सबै काम स्थगित गरिएको हो । 
 
कात्तिक १ गतेदेखि बैंकको सेयर प्रमाणपत्र वितरण, लाभांश वितरणसहित सेयर सम्बन्धी सबै काम सीबीआएल क्यापिटल लिमिटेडबाट हुने पनि बैंकले जानकारी दिएको छ ।  

Post Your Comment