Market Closed

सिटिजन्स बैङ्क इण्टरनेसनल लि. : कम्पनी विश्लेषण (आइतवार, ७ कात्तिक २०७३)

23 Oct,2016
  • citizen-bank_resize_10_23_2016_12_43_50.jpg

२०७२/७३ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा साढे २ गुणा बढेको छ । बैङ्कको वैदेशिक मुद्राको विनिमयबाट रू. ४ करोड ९० लाख आम्दानी गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (४६ दशमलव ४२  स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : १२ दशमलव ३९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य, ७ दिने रेखाभन्दा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ५ सय ९९ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा साढे २ गुणा बढेर रू. ३४ करोड ५१ लाख पुगेको छ । खुद ब्याज आम्दानी ४१ दशमलव ६७ प्रतिशत र सञ्चालन नाफा ३ गुणा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- बैङ्कले रू. ५० अर्ब ३१ करोड कुल निक्षेप सङ्कलन गरी रू. ४३ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी २८ दशमलव ६४ प्रतिशत बढेर रू. ९८ करोड ८२ लाख र ब्याज खर्च १९ दशमलव ९४ प्रतिशत बढेर रू. ५५ करोड २३ लाख  पुगेको छ ।

- कर्मचारी खर्च ५१ दशमलव २६ प्रतिशत, कुल सञ्चालन नाफा ४६ दशमलव ३३ प्रतिशत र अन्य सञ्चालन खर्च ११ दशमलव ४६ प्रतिशत बढेको छ ।

- पूँजी कोष लागत ४ दशमलव ३४ प्रतिशत र पूँजी कोष पर्याप्तता १३ दशमलव ४५ प्रतिशत रहेको छ ।

- स्थिर सम्पत्ति २९ दशमलव १२ प्रतिशत बढेर रू. १ अर्ब २२ करोड र अन्य सम्पत्ति ८८ दशमलव ७६ प्रतिशत बढेर रू. २ अर्ब ९७ करोड पुगेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ५९ प्रतिशत घटाएर रू. ६ करोड २५ लाखमा सीमित भएको छ ।

- गत आवमा रहेको रू. ४४ करोड ५८ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २४ गुणा, प्रतिशेयर आम्दानी २३ र मूल्य आम्दानी अनुपात २३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ६ गुणा छ ।

Post Your Comment