सिटिजन्स फेरि हकप्रद सेयर ल्याउन पुग्यो धितोपत्र बोर्ड, १० कित्ता हुनेले थप २.५ कित्ता पाउने

02 Jan,2017
  • citizenssss_1_2_2017_1_14_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंकले फेरि हकप्रद सेयर ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउन १०ः२.५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसआधारमा सिटिजन्सको १० कित्ता सेयर हुनेले अब २.५ कित्ता थप सेयर पाउनेछन् । हकप्रद ल्याउन सिटिजन्सले धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद निष्कासन प्रक्रिया थाल्ने बैंकको योजना छ । 
 
सिटिजन्सले एक अर्ब ३८ करोड ४३ लाख ३८ हजार रूपैयाँको एक करोड ३८ लाख ४३ हजार तीन सय ८० कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । सिटिजन्स् बैंकको चुक्ता पुँजी हाल पाँच अर्ब ५३ करोड ७३ लाख ५२ हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा पनि एक अर्ब ६४ करोड ८२ लाख १७ हजार रूपैयाँ छ । सिटिजन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५१ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी २४ रूपैयाँ ९३ पैसा अनि प्रतिसेयर नेटवर्थ १२९ रूपैयाँ ७७ पैसा छ । 

Post Your Comment