Market Closed

सिटिजन्स बैंकको खुद नाफा ७.५४% ले खस्किंदा अन्य सूचकहरु कस्तो देखियो ?

24 Oct,2017
  • Citizen-bank-international-LTD_10_24_2017_10_23_20.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ७.५४% ले खस्किएको वित्तीय विवरण  प्रकाशित गरेको छ । यो त्रैमासमा बैंकले ३१ करोड ९० लाख ९९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । सिटिजन्सले गत वर्षको यही त्रैमासमा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने एक वर्षको अन्तरालमा १०.४३% ले बढोत्तरी भएको छ । यो त्रैमासमा सिटिजन्सले ४८ करोड १४ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले ४३ करोड ५९ लाख ५४ हजार रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप रकम ५० अर्बबाट ५४ अर्ब ६३ करोड २७ लाख ७ हजार रुपैयाँ पुर्याएको सिटिजन्सले कर्जामा भने ५० अर्ब ६ करोड ५८ लाख ३ हजार रुपैयाँ लगानी गरेको छ । चुक्ता पुँजी बढे अनुपातमा व्यापारको आयातन फराकिलो पार्न नसक्दा नाफामा असर गरेको देखिन्छ । 

बैंकले सम्भावित जोखिमका लागि ५ करोड ४७ लाख ८० हजार रुपैयाँ छुट्याउँदा ७ करोड १० लाख ५९ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको खराब कर्जा पनि बढेर १.९९% हुन पुगेको छ । गत वर्ष बैंकको खराब कर्जा १.७३% थियो । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । बैंकको रिजर्भ कोषमा भने १ अर्ब ६८ करोड ७९ लाख ७१ हजार रुपैयाँमात्र जम्मा भएको छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ कोष बढाउनुपर्ने  चुनौती देखिन्छ । बैंकको कस्ट अफ फन्ड ह्वात्तै बढेर ८.०२% हुन पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ४.३४% मात्र थियो । सिटिजन्सको कर्जा निक्षेप अनुपात भने थोरैले घटेर ७६.६२% हुन पुगेको छ । गत वर्ष बैंकको कर्जा निक्षेप अनुपात ७७.४०% रहेको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २ पैसा रहेको छ ।

Post Your Comment