सिटिजन्स बैंकको खुद नाफा ०.४८% ले घट्यो, कस्ट अफ फन्ड ८.१६%

21 Jan,2018
  • Citizen-bank-internatio_1_21_2018_5_33_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको खुद नाफा ६३ करोड १६ लाख ६८ रुपैयाँ थियो । बैंकको खुद नाफा यसपालि ०.४८% ले घटेको हो । सिटिजन्सले ९७ करोड ४९ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ८३ करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १४% र सञ्चालन नाफा २१.९४% ले बढेको हो । बैंकले अघिल्लो आवमा ५२ अर्ब ७४ करोड ९२ लाख ३४ हजार रुपैयाँ रहेको निक्षेपलाई बढोत्तरी गरेर ५८ अर्ब ४६ करोड ४९ लाख २९ हजार रुपैयाँ पुर्याएको छ । बैंकको कस्ट अफ फन्ड ५.२०% बाट बढेर ८.१६% पुगेको छ । खराब कर्जा पनि १.३२% बाट १.९४% पुगेको छ । बैंकले चुक्ता पुँजीलाई ८ अर्ब २९ करोड १ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको दोस्रो त्रैमासमा चुक्ता पुँजी ५ अर्ब ५३ करोड ७३ लाख ५२ हजार रुपैयाँ मात्र थियो । सिटिजन्सले १ अर्ब ९९ करोड १२ लाख ७५ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ । यो गत वर्षको भन्दा ८ करोड १६ लाख २० हजार रुपैयाँमात्र धेरै हो । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको अवस्थामा जेडा कोषलाई पनि मजबुत बनाउनुपर्ने चुनौती बैंक सामू छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ८७ पैसा रहेको छ ।
 
 

Post Your Comment