Market Closed

सिटिजन्सको १५% लाभांश अनुमोदन गर्न असोज १० मा एजीएम, यसरी हुनेछ बुक क्लोज

08 Sep,2019
  • AGM_img_9_8_2019_10_38_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंकले १५% लाभांश पारित गर्न असोज १० गते साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समिति बैठकले गत वर्षको वितरण योग्य नाफाबाट १२% नगद लाभांश र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको छ । अव साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु हुनेछ । बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
 
यस्तै, सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ । 
 
सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते मंगलबार बुक क्लोज गर्नेछ । भदौ ३० गते सम्म कायम सेयरधनी प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे हुनेछ । 
 

Post Your Comment