Market Closed

देव विकास बैङ्क : कम्पनी विश्लेषण (सोमवार, १३ भदौ २०७३)

29 Aug,2016
  • deva_resize_8_29_2016_12_01_58.jpg


२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा रू. १३ करोड ६५ लाख रहेको छ । बैङ्कको विशेष साधारणसभाले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (४४ दशमलव ७६ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १६ दशमलव १५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : सातदिने औसत मूल्यरेखा र २१ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयर मूल्य, सातदिने रेखा र २१ दिने रेखाभन्दा ट्रेड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय २१ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ४ सय ३५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा १४ दशमलव ३९ प्रतिशत घटेर रू. १३ करोड ६५ लाखमा सीमित रहेको छ । खुद ब्याज आम्दानी ५८ दशमलव ५८ प्रतिशत बढेर रू. ३४ करोड २७ लाख पुगेको छ ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १५ दशमलव ५ प्रतिशतबाट बढेर १९ दशमलव ५ प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ३९ दशमलव ७२ प्रतिशत र ब्याज खर्च २३ दशमलव ३९ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च ४४ दशमलव २८ प्रतिशत, अन्य सञ्चालन खर्च ३९ दशमलव ७२ प्रतिशत र कुल सञ्चालन नाफा ६१ दशमलव ८४ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत ३ दशमलव ७५ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा ३ दशमलव ९९ प्रतिशत र सीडी रेशियो ७० दशमलव ८८ प्रतिशत रहेको छ । राष्ट्र बेङ्कको प्रावधानअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात १० गुणा, प्रतिशेयर आम्दानी रू. १५ दशमलव ५५ र मूल्य आम्दानी अनुपात साढे २० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे २ गुणा छ ।

Post Your Comment