Market Closed

देवः विकास बैंक ५० प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्ड पुग्यो, चुक्ता पुँजी एक अर्ब ३२ करोड

06 Oct,2016
  • deva-_10_6_2016_12_46_24.png
नेपाली पैसा 
काठमाडौं : देव: विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 
 
बैंकले ४४ करोड पाँच लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद ल्याउन लागेको हो । 
 
राष्ट्र बैंकले अनिवार्यरूपमा चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि देवः पनि हकप्रद ल्याउन तातिएको हो । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्दैछ । 
 
असार मसान्तसम्मको रिपोर्ट अनुसार देवः विकास बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ रहेको छ । 
 
५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार पुग्नेछ । यसमा बैंकले दिने बोनस सेयरको हिसाब गरिएको छैन । 
 
रिजर्भ कोषमा २५ करोड ८९ लाख ४९ हजार रूपैयाँ रहेको यो बैंकले गत आर्थिक वर्ष १३ करोड ६५ लाख ५६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १५.५० रूपैयाँ देखिन्छ । 
 

Post Your Comment