Market Closed

देवःले बोलायो पुस २९ मा साधारण सभा, यस्तो बैंकको अवस्था

23 Dec,2016
  • dev-bikash-bank-696x522_12_23_2016_1_49_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : देवः विकास बैंकको साधारण सभा पुस २९ मा हुने भएको छ । 
 
साधारण सभा गर्न बैंकले पुस १८ देखि २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । 
 
देव विकास बैंकको हाल चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रूपैयाँ छ । बैंकको जगेडा कोषमा ३० करोड ८८ लाख १६ हजार जम्मा भइसकेको छ । 
 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
देवः को प्रतिसेयर आम्दानी २३ रूपैयाँ एक पैसा अनि प्रतिसेयर नेटवर्थ १३५ रूपैयाँ पाँच पैसा छ । 
 
बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्दैछ । यसबाहेक गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि गरिएको छ । 

Post Your Comment