देवः विकास बैंकको १४ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

01 Jan,2017
  • deva_1_1_2017_12_57_27.jpg
नेपाली पैसा 
 
काठमाडौं :  देवः विकास बैंकको १४ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले बैंकले दिन लागेको बोनस र हकप्रद सेयर सुरक्षित गर्न आइतबारसम्म सेयर खरिद गरेको हुनुपर्छ । साधारण सभा आयोजना गर्न  देवःले पुस १८ देखि २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । सेयरधनी दर्ता किताब बन्द गरेपछि लाभांशको हकदार हुन पाइँंदैन् । बैंकले १२ करोड ३३ लाख ५२ हजार तीन सय ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

बैंकले १४ प्रतिशत बोनस सेयरलगायतका अन्य महत्वपूर्ण प्रस्ताव  पारित गराउन पुस २९ मा साधारण सभा बोलाएको छ । चुक्ता पुँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको देवःले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०१ पैसा (वार्षिकीकरण) रहेको देवःकोे प्रतिसेयर नेटवर्थ भने एक सय ३६ रुपैयाँ ०५ पैसा छ । बैंक चुक्ता पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा छ । 

Post Your Comment