डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि. : कम्पनी विश्लेषण (आइतवार, २३ फागुन २०७२)

06 Mar,2016

बैङ्कको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा दुई गुणाले बढेको छ । बैङ्कको गत पुसमा भएको साधारणसभाले ५० प्रतिशत बोनस शेयर र २ दशमलव ६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

प्राविधिक विश्लेषण
- आरएसआई ओभरबट जोन (८२ दशमलव ८३ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन २ सय २५ दशमलव ५८ बिन्दुमा छ । यसले उतारचढाव उच्च रहेको देखाउँछ ।

मुभिङ एभरेज : अल्पकालीन सातदिने औसत मूल्यरेखा र २१ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ट्रेण्ड लाइन, सातदिने रेखा र २१ दिने रेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. २ हजार ७ सय २२ मा प्रतिरोध पाउन सक्छ । मूल्य सस्तिएमा २ हजार १ सय ९० मा टेवा पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- बैङ्कको दोस्रो त्रैमासमा खुद नाफा दुई गुणाले बढेर रू. ८ करोड ८५ लाख पुगेको छ । खुद ब्याज आम्दानी ३८ दशमलव ७९ प्रतिशत र सञ्चालन नाफा दुई गुणाले बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- ब्याज आम्दानी ३५ दशमलव १५ प्रतिशत र ब्याज खर्च २५ दशमलव ७२ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च ३१ दशमलव ३७ प्रतिशत, कुल सञ्चालन आम्दानी ९५ दशमलव ८० प्रतिशत र अन्य सञ्चालन खर्च ११ दशमलव १८ प्रतिशत बढेको छ ।

- रू. ९७ करोड ८७ लाख कुल निक्षेप सङ्कलन गरी रू. ३ अर्ब करोड ८५ करोड कर्जा प्रवाह गरेको छ ।

- गत आवमा रहेको रू. १ करोड ८५ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४ प्रतिशत र सीडी रेशियो ३० दशमलव १८ प्रतिशत छ ।

- पूँजी कोष लागत ५ दशमलव २२ प्रतिशत र पूँजी कोष पर्याप्तता १२ प्रतिशत छ ।

- बैङ्कको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो ५१ गुणा र प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ३४ छ । गत पुस मसान्तसम्ममा विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ६९ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यका आधारमा निकालिएको पीई रेशियो ३७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको १४ गुणा छ ।

Post Your Comment