Market Closed

डिप्रोक्सको आयो धमाका, ३५ प्रतिशत बोनस सेयरका साथमा १७.६३ प्रतिशत नगद

28 Dec,2016
  • bonus__12_28_2016_12_29_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउन सक्नेछ । 
 
डिप्रोक्सको चुक्ता पुँजी २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रूपैयाँ छ । यो वित्तीय संस्थाले जगेडा कोषमा ५१ करोड २८ लाख रूपैयाँभन्दा बढी जम्मा पारिसकेको छ । कम्पनीको चुक्ता पुँजीको तुलनामा जगेडा कोष दोब्बर बढी रहनु निकै राम्रो पक्ष हो । 

Post Your Comment