Market Closed

एभरेष्ट बैङ्क : कम्पनी विश्लेषण (आइतवार, ५ भदौ २०७३)

21 Aug,2016
  • everest_bank_resize_8_21_2016_3_59_48.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ९ दशमलव ९० प्रतिशत बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट रू. ११ करोड २९ लाख नाफा आर्जन गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (६६ दशमलव ७९ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ६१ दशमलव ८३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा र ट्रेण्डलाइन भन्दा तल छ  भने सातदिने औसत मूल्यरेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ हजार २ सय ४८ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ३ हजार ९८ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा खुद ब्याज आम्दानी १२ दशमलव १३ प्रतिशत र सञ्चालन नाफा १८ दशमलव ३५ प्रतिशत बढ्नाले खुद नाफा ९ दशमलव ९० प्रतिशत बढ्न टेवा पुगेको हो । नाफा बढेर रू. १ अर्ब ७३ करोड पुगेको छ ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ५७ दशमलव ४० प्रतिशतबाट बढेर ६३ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ४१ दशमलव ५१ प्रतिशत बढेर रू. ५ अर्ब ८६ करोड पुगेको छ ।

- ब्याज आम्दानी १ दशमलव २१ प्रतिशत बढेको छ भने ब्याज खर्च १३ दशमलव ६३ प्रतिशत घटेको छ ।

- कर्मचारी खर्च १ दशमलव ७७ प्रतिशत, अन्य सञ्चालन खर्च ८ दशमलव ७० प्रतिशत र कुल सञ्चालन नाफा १३ प्रतिशत बढेको छ ।

- अघिल्लो आवमा रहेको रू. ९ करोड २७ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति ९ दशमलव १३ प्रतिशत र अन्य सम्पत्ति २ दशमलव ७५ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत २ दशमलव २४ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता साढे ३५ गुणा, प्रतिशेयर आम्दानी रू. ६५ दशमलव ९७ र मूल्य आम्दानी अनुपात ५१ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब १० गुणा छ ।

Post Your Comment