Market Closed

एभरेस्टको ७० प्रतिशत बोनस बम्पर र ३३.३३ प्रतिशत हकप्रद पारित गर्न पुस २३ मा एजीएम

12 Dec,2016
  • everest_12_12_2016_11_34_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेस्ट बैंकले ७० प्रतिशत बोनस बम्पर पारित गराउन पुस २३ मा साधारण सभा बोलाएको छ । 
 
सभाले ७० प्रतिशत बोनस सेयर र ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बिहान ११ बजे लैनचौर ब्यांकेटमा सुरु हुने साधारण सभामा बोनस सेयरमा लाग्ने कर तिर्न ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्दैछ । 

साधारण सभा प्रयोजनका लागि पुस ६ देखि पुस २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द हुनेछ । 
 
एभरेस्टको चुक्ता पुँजी अहिले दुई अर्ब ६६ करोड नाघिसकेको छ । ७० प्रतिशत बोनस सेयर दिने भएपछि चुक्ता पुँजी चार अर्ब ५२ करोड ६४ लाख रूपैयाँ पुग्नेछ । फेरि तीन कित्ता बराबर एक कित्ता हकप्रद दिएपछि चुक्ता पुँजी ६ अर्ब तीन करोड ५२ लाख पुग्नेछ । 
 
राष्ट्र बैंकको प्रावधान अनुसार पुँजी आठ अर्ब पुर्याउन २०७३–७४ को नाफाबाट बोनस दिने तयारी एभरेस्टले गरेको छ । बैंकले अन्य कुनै बैंकलाई एक्वायर गर्ने वा मर्जमा जाने बाटो खुला राखेको छ । यसका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव साधारण सभामा लगिंदैछ । 

Post Your Comment