एक्सेलको साधारण सभा झापामा हुँदै, ३०.१२% बोनसका साथमा १.५८% नगद प्रस्ताव

03 Dec,2017
  • Excel-develpoment-bank__1_12_3_2017_11_06_49.jpg
नेपाली पैसा 
 
काठमाडौ : एक्सेल डेभलपमेन्ट बैंकको १२ औं वार्षिक साधारण सभा आज (मंसिर १७ गते) होटल होलिडे होम, बिर्तामोड झापामा ११ बजेदेखि सुरु भएको छ । सभामा एक्सेलले ३०.१२% बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै, बैंकले १.५८% नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । यसआधारमा एक्सेलले बोनस सेयरका लागि ११ करोड ५८ लाख ३० हजार २२५ रुपैयाँ र नगद लाभांश दिन ६० लाख ९६ हजार ३२७ रुपैयाँ खर्च गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्न चाहेमा आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्दैछ । एक्सेलले २०७४ असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७३÷७४ को नाफा–नोक्सान तथा अन्य हिसाब सम्बन्धी प्रस्ताव पनि पेश गर्नेछ । साधारण सभा गर्न एक्सेलले मंसिर ५ देखि आइतबार (मंसिर १७ गते) सम्म बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

यस्तै, बैंकले मंसिर २४ गतेदेखि पुस ९ गतेको समयसिमा तोकेर सर्वसाधारण समूहको १८ हजार २८६.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने पनि जनाइसकेको छ । यसअघि एक्सेलले असोज १८ देखि कात्तिक २१ गतेसम्म १९ लाख २२ हजार ८१२.६ कित्ता (५०% हकप्रद निष्काशन गरेको थियो । त्यतिबेला निष्कासन गर्दा नबिकेको बाँकी सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री पछि भने एक्सेलको चुक्ता पुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्नेछ । बोनस दिएपछि चुक्ता पुँजी अझै बढ्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक्सेलको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९० पैसा छ । 
 
 
 
 
 
 
 

Post Your Comment