Market Closed

एक्सेलमा को आए नयाँ सञ्चालक ? ३०.१२% बोनस र १.५९% नगद पनि भयो पारित

06 Dec,2017
  • Excel-develpoment-bank__1_12_6_2017_2_45_38.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकमा पुरुषोत्तम लम्साल सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका छन् । बैंकले मंसिर १७ गते साधारण सभा गरेर सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गरेको थियो । सभाले लम्साललाई निर्वाचित गरेपछि उनी सञ्चालकमा नियुक्त भएका हुन् । एक्सेलले साधारण सभाबाट ३०.१२% बोनस सेयर र १.५९% नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको थियो ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक्सेलको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९० पैसा छ ।
 
 
 
 

Post Your Comment