Market Closed

एक्सेलको १८ हजार कित्ता सेयर लिलामी भर्ने म्याद आज सकिंदै, कहाँबाट दिने आवेदन ?

24 Dec,2017
  • Excel-develpoment-bank-Ltd_12_24_2017_10_24_45.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डभलपमेन्ट बैंकले सर्वसाधारण समूहको १८ हजार २८६.५० कित्ता सेयर लिलामी आज (पुस ९ गते) बन्द गर्दैछ । आइतबार कार्यालय समयभित्र लिलामी भरिसक्नुपर्नेछ । बैंकले असोज १८ देखि कात्तिक २१ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याएको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूततम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेप्सेमा एक्सेलको बिहीबारको कारोबार भने मूल्य ३८६ रुपैयाँ छ । लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एस क्यापिटल लालदरबार, काठमाडौं तथा एक्सेलको विराटनगर र विर्तामोड शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल इन्भेष्टमेन्ट बैंकका वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सूर्खेत र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको छ । पहिलो त्रैमासको रिपोर्ट अनुसार बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ छ । बैंकले हालैमात्र ३०.१२% बोनस सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९० पैसा छ ।

Post Your Comment