Market Closed

एक्सेलले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा बिहीबारदेखि दिने भयो फिर्ता

03 Jan,2018
  • Excel-develpoment-bank-Ltd_1_3_2018_5_32_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले बिहीबारदेखि (पुस २० गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिने भएको छ । बैंकले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा रकम फिर्ता गर्ने जनाएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाउने बंैंकले सूचनामा उल्लेख गरेको छ । बैंकले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म सर्वसाधारण समूहको १८ हजार २८६.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बैंकको लिलामी सोमबार (पुस १७ गते) बाँडफाँट गरिएको हो । हाल बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि भने ओमको चुक्ता पुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । बैंकले दिने घोषणा गरेको ३०.१२% बोनस सेयर पनि मंसिर १७ गते भएको सभाले पारित गरिसकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९० पैसा छ । 
 
 

Post Your Comment