Market Closed

एक्सेलको खुद नाफा ७ करोड ५१ लाख, प्रतिसेयर आम्दानी कति ?

30 Jan,2018
  • Excel-develpoment-bank-Ltd_1_30_2018_5_00_49.jpg
नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ करोड ३८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले यो अवधिमा खुद नाफामा १.७१% वृद्वि गरेको हो । बैंकले १५ करोड १० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.५८% ले बढी हो । गत वर्ष बैंकले १४ करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, यो अवधिमा बैंकको सञ्चालन मुनाफा भने घटेको छ । बैंकको सञ्चालन मुनाफा ९ करोड ९४ लाख २६ हजार रहेको छ । गत वर्ष १० करोड २८ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकले ४ अर्ब ४८ करोड २९ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी ४ अर्ब ४ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यता, खराब कर्जा ०.८६% छ । बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा १८ करोड ६८ लाख ३२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९७ पैसा रहेको छ ।

http://www.nepalipaisa.com/documentviewer.aspx/EDBL/Excel%20Development%20Bank%20Ltd./file/excel_dbl,_2nd_qtr_watermark_1_29_2018_10_54_20_AM.pdf

Post Your Comment