एक्सलले चैत २३ मा डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

16 Mar,2018
  • Excel-develpoment-bank-Lt_3_16_2018_11_52_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सल डेभलपमेन्ट बैंकको चैत २३ गते विशेष साधारण सभा हुने भएको छ । सभामा बैंकले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव लैजाने भएको छ । कार्यक्षेत्र विस्तार गरिने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत पारित गराउने एजेन्डा छ ।

सभा साई प्यालेस रेष्टुरेन्ट एन्ड बार, विर्तामोड (झापा) मा बिहान ११ बजेबाट सुरु हुनेछ । एक्सलले सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन आएमा त्यसको परिमार्जन गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने  प्रस्ताव पनि लैजानेछ ।

विशेष साधारण सभा गर्न बैंकले चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल एक्सलको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९७ पैसा छ । 
 
 
 

Post Your Comment