Market Closed

एक्सेलकोे विशेष साधारण सभा आज, कार्य क्षेत्र विस्तार प्रमुख एजेन्डा

06 Apr,2018
  • Excel-develpoment-bank-Lt_3_4_6_2018_10_40_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकको विशेष साधारण सभा शुक्रबार (चैत २३ गते) साई प्यालेस रेष्टुरेन्ट एन्ड बार, विर्तामोड (झापा) मा बिहान ११ बजे सुरु हुँदैछ । विशेष साधारण सभामा बैंकले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव  पेस गर्नेछ । कार्यक्षेत्र विस्तार गरिने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पेश गरिनेछ ।
 
नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन आएमा परिमार्जन गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजानेछ ।
विशेष साधारण सभा गर्न बैंकले चैत ९ गतेदेखि शुक्रबार (चैत २३ गते) सम्म बुक क्लोज गरेको छ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ५१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९७ पैसा छ ।
 
 
 

Post Your Comment