Market Closed

एभरेष्ट इन्सुरेन्सको प्रमाणपत्र डिम्याट गरेपछि मात्र २०% बोनस पाइने

19 Mar,2018
  • everest-insurance-_3_19_2018_1_00_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गरेपछि मात्र २०% बोनस सेयर खातामा जम्मा गरिदिने भएको छ । कम्पनीले साधारण सभाका लागि बुक क्लोज गरेको मितिसम्म सेयर डिम्याट गरेकालाई खातामै बोनस पठाइदिने भएको हो ।

एभरेष्टले गत असार ९ गतेदेखि असार २३ गते सम्म बुक क्लोज गरेको थियो । यसर्थ, असार ८ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीको खातामा बोनस जम्मा हुनेछ । भौतिक प्रमाणपत्र डिम्याट नगरेकाले तुरुन्त गर्न पनि कम्पनीले आग्रह गरेको छ । 
 
हालसम्म पनि डिम्याट खाता नखोल्नेले एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा अन्य कुनै निक्षेप सदस्य संस्थामा गएर डिम्याट खाता खोल्न सकिने कम्पनीको भनाई छ । एभरेष्टको २०७४ असार २३ गते सम्पन्न भएको ५ आर्थिक वर्षको (१८, १९, २०, २१ र २२ औं) साधारण सभाले २०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
 
हाल एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद जारी गर्ने तयारीमा छ ।

कम्पनीले यसअघि ६००% हकप्रद ल्याउने जनाएको थियो । तर अब ५१% संस्थापक सेयर कायम गरेर मात्र नपुग रकमको सर्वसाधारण र संस्थापकमा थप हकप्रद सेयर जारी गरिनेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले २ करोड ३७ लाख ७० हजार रुपैयाँमा खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ४९ पैसा छ । 
 

Post Your Comment