Market Closed

एभरेष्ट इन्सुरेन्सको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, पुँजी पुर्याउन यसरी हुँदैछ तयारी

08 Apr,2018
  • everest-insurance-company-ltd_4_8_2018_10_13_56.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको १०% बोनस सेयर सुरक्षित गर्ने आइतबार (चैत २५ गते) अन्तिम दिन हो । कम्पनीले वैशाख १० हुने सभामा १०% बोनस र कर तिर्न र ६ लाख ३९ हजार ४७४ रुपयाँ नगद लाभांश  दिने प्रस्ताव गर्दैछ । यसका लागि यो इन्सुरेन्सले सोमबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ ।
 
बोनस र नगद सुरक्षित गर्न आइतबारसम्म एभरेष्टको सेयरधनी कायम रहेको हुनुपर्नेछ । सभामा कम्पनीले संस्थापक हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
 
एभरेष्टले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५% संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी हुनेछ । यसरी बोनस र हकप्रदपछि यो इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।
 
सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले २ करोड ३७ लाख ७० हजार खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ रुपैयाँ ७५ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ४९ पैसा छ ।

Post Your Comment