Market Closed

एभरेष्ट इन्सुेन्सको १०% बोनसमा भयो भाउ समायोजन, कतिमा खुल्यो कारोबार ?

09 Apr,2018
  • everest-insurance-company-lt_4_9_2018_10_51_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता १३ सय १४ रुपैयाँ कायम भएको छ । सोमबार बजार खुल्दा एभरेष्टको सेयर कारोबार १३ सय १४ रुपैयाँलाई नै आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १३ सय ५२ रुपैयाँ ८२ पैसा छ । एभरेष्ट इन्सुरेन्सले वैशाख १० मा हुने साधारण सभाको लागि सोमबारदेखि नै बुक क्लोज गरेको छ ।

सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । कम्पनीले ६ लाख ३९ हजार ४७४ रुपयाँ नगद लाभांश दिने प्रस्ताव लैजानेछ । कम्पनीले संस्थापक हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ । 
 
एभरेष्टले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५% संस्थापक हकप्रद जारी गर्ने भएको हो । यसपछि कायम पुँजीमा फेरि अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी हुनेछ । यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले २ करोड ३७ लाख ७० हजार खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ रुपैयाँ ७५ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ४९ पैसा रहेको छ ।
 

Post Your Comment