Market Closed

एभरेष्ट इन्सुरेन्सको वैशाख १० मा एजीएम, चुक्ता पुँजी पुर्याउने यस्तो छ रणनीति

16 Apr,2018
  • everest-insurance-company-l_4_16_2018_12_45_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको २३ औं वार्षिक साधारण सभा वैशाख १० गते हुने भएको छ । साधारण सभामा कम्पनीले १०% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैछ । नगद लाभांश दिने अर्को प्रस्ताव पनि पेश हुनेछ । एभरेष्टले बोनस सेयर लागि १ करोड २१ लाख ५० हजार रुपैयाँ र नगद लाभांशमा ६ लाख ३९ हजार ४७४ रुपयाँ खर्च गर्नेछ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ । 
 
संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने साधारण सभाको एजेन्डा छ । एभरेष्टले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५% संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा फेरि अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी गर्नेछ ।

यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश गरिदैछ । कम्पनीको नियमावलीको नियम २, ४, ५, ४५ र ५८ संशोधन गर्ने र बोनस हकप्रदछि पुँजी परिवर्तन हुने भएकाले त्यसका लागि नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिंदैछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गरिरहेको छ । चैत २५ गतेसम्म मात्र कायम सेयरधनीले एभरेष्टले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 

Post Your Comment