Market Closed

एभरेष्ट इन्सुरेन्सको एजीएम आज, चुक्ता पुँजी वृद्धि गर्ने यस्ता छन् एजेन्डा

23 Apr,2018
  • everest-insurance-company-ltd_4_23_2018_12_39_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा सोमबार (वैशाख १० गते) दिउसो २ बजेबाट अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सुरु हुँदैछ । सभामा कम्पनीले १०% बोनस सेयर र कर तिर्न ६ लाख ३९ हजार ४७४ रुपयाँ दिने प्रस्ताव पेश गर्दैछ । यसैगरी, संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने सभाको विशेष एजेन्डा छ ।
 
एभरेष्टले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा पहिला १०५% संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा फेरि अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी गर्नेछ । यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।
 
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश गरिंदैछ । कम्पनीको बोनस हकप्रदपछि पुँजी परिवर्तन हुने भएकाले त्यही अनुरुप नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गतेदेखि सोमबार (वैशाख १० गते) सम्म बुक क्लोज गरेको छ । 

Post Your Comment