Market Closed

एभरेष्ट इन्सुरेन्स यसरी चम्कियो, खुद नाफा ४३.७३% वृद्धि हुँदा प्रतिसेयर आम्दानी आकर्षक

13 May,2018
  • everest-insurance-company-ltd_5_13_2018_1_21_44.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ४३.७३% ले बढेको हो । गत वर्ष कम्पनीले २ करोड ११ लाख १२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
यता, कम्पनीको मुख्य सूचक खुद बिमा शुल्क आय भने ६.४३% ले घटेर ७ करोड ८४ लाख ७१ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष ८ करोड ३८ लाख ६९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
 
कम्पनीको पुनर्बिमा कमिसन आय भने २०७.०१% ले बढेर ९ करोड १९ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा एभरेष्टको पुनर्बिमा कमिसन आय २ करोड ९९ लाख ३७ हजार रुपैयाँमात्र थियो ।
 
यता, एभरेष्टले तेस्रो त्रैमाससम्म कुल ७ करोड ६७ लाख ८१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम २६ करोड ३४ लाख १२ हजार रुपैयाँ छ ।
 
चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १० करोड ४९ लाख ७५ हजार रुपैयाँ छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन यो इन्सुरेन्स हकप्रद जारी गर्ने तयारीमा छ । कम्पनीको वैशाख १० मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको कमाईबाट १०% बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ ।
 
यसैगरी, संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
 
हाल यस इन्सुरेन्सको बिमा कोषमा १९ करोड १० लाख ८७ हजार रुपैयाँ छ । एभरेष्टको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २७ पैसा (वार्षिक) प्रतिसेयर नेटवर्थ ३७७ रुपैयाँ ५३ पैसा छ ।

Post Your Comment