Market Closed

एभरेष्ट इन्सुरेन्स १०५% संस्थापक हकप्रद बिक्री प्रक्रिया, यसपछि फेरि अर्को ३००%

12 Jul,2018
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले १०५% संस्थापक हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एभरेष्टले १ः१.०५ अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटल मार्केटले लिनेछ । 
 
एभरेष्टले यसअघि दिएको १०% बोनसपछि कायम भएको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँबाट १०५% संस्थापक हकप्रद सेयर निष्कासन गर्न लागेको हो । एभरेष्टको गत वैशाख १० गते सम्पन्न सभाले १०% बोनसपछि हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  

संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद जारी गर्न लागिएको हो । यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गरिनेछ। यसरी बोनस र हकप्रदपछि यस इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
 
यसरी बोनस र एक पछि अर्को हकप्रद निष्कासनपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ । 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment