Market Closed

एभरेष्ट इन्सुरेन्सको १ लाख ९७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

11 Feb,2019
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सको १ लाख ९७ हजार ७१७ कित्ता लिलामी सेयर भर्ने सोमबार अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । एभरेष्टले माघ २१ गतेदेखि संसथापक समूहमा रहने गरी सर्वसाधारणका लागि लिलामी सेयर खुला गरेको हो । 
 
कम्पनीले यसअघि मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता (१०५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख ९७ हजार ७१७ कित्तामा आवेदन पर्न सकेको थिएन । त्यतिबेला नबिकेको सेयर अहिले लिलामीमा ल्याइएको हो । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

Post Your Comment