Market Closed

एभरेष्ट इन्सुरेन्सको खुद नाफा ५.८७% ले बढ्यो, ३००% हकप्रद पनि आउँदै

11 Feb,2019
  • everest-insurance-company_7_12_2018_4_39_32.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ५.८७% ले बढेको हो । गत वर्ष कम्पनीले २ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
यस्तै, कम्पनीले यो त्रैमाससम्म कुल ३८ करोड ९८ लाख ५७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २६ करोड ६८ लाख ८ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । एभरेष्टले हालसम्म १६ करोड ७५ लाख ४९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ३९ करोड ७३ लाख ६६ हजार रुपैयाँ छ ।
 
कम्पनीले खुद बिमा शुल्क पनि ६ करोड ३९ लाख रुपैयाँबाट बढाएर १८ करोड ८० लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । एभरेष्टको बिमा कोषको आकार पनि बढेर २० करोड ९४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषको आकार १८ करोड ७८ लाख रुपैयाँको थियो । 
 
हाल एभरेष्टको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले मंसिर १६ गतेदेखि संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता (१०५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख ९७ हजार ७१७ कित्ता सेयरमा अवेदन नपरेपछि अहिले लिलामीमा ल्याइएको छ । सबै सेयर बिक्रीपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ । 
 
कम्पनीले उक्त पुँजीबाट पुनः ३००% हकप्रद निष्कासन गरी चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउने योजना बनाएको छ । यसको जगेडा कोषमा १२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा रहेको एभरेष्टको प्रतिसेयर नेटवर्थ ४०२ रुपैयाँ ९१ पैसा छ । 

एभरेष्ट इन्सुरेन्सको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment