एभरेष्ट इन्स्योरेन्सको खुद नाफा रू.१५ लाख १२ हजार

11 Jan,2016
  • everest_insurance_1_11_2016_12_10_07.jpg
पुस २७, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज मसान्तसम्ममा खुद मुनाफा रू. १५ लाख १२ हजार पुगेको छ । यो गत आवको पहिलो त्रैमाशको तुलनामा ११ प्रतिशत बढी हो । समिक्षा अवधिमा कम्पनीको चालु सम्पत्ति तथा पेश्की ५ प्रतिशत घटेको र चालु दायित्व तथा व्यवस्थाहरु ६ प्रतिशत बढेको छ । कम्पनीको कुल बीमाशूल्क आर्जन रकम ८१ प्रतिशत बढेको र जारी बीमालेखको सङ्ख्या २६ सय ९४ रहको छ । कम्पनीको भुक्तानी हुन बाँकी रकम १२ प्रतिशत घटेको छ । भुक्तानी हुन बाँकी दावी सङ्ख्या १ हजार ७३ रहेको छ । त्यसैगरी कुल दावी भुक्तानी रकम २७ प्रतिशत घटेको छ । कुल दावी भुक्तानी सङ्ख्या २ सय ५ रहेको छ ।  

Post Your Comment