Market Closed

फेरि थपियो २० लाख १७ हजार कित्ता बोनस, राष्ट्रिय बिमा कम्पनी र फर्स्ट माइक्रोफाइनान्सको सूचीकृत

04 Dec,2017
  • Listing_12_4_2017_3_56_39.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सोमबार २ कम्पनीको २० लाख १७ हजार १२०.५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा राष्ट्रिय बिमा कम्पनीको मात्रै १४ लाख २१ हजार ९९५.५९ कित्ता बोनस रहेको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको पनि ५ लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । राष्ट्रिय बिमा कम्पनीले गत वैशाख २२ गते साधारण सभा गरेर एकै पटक ३ आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । यता, फर्स्टले असोज ८ गतेको वार्षिक साधारण सभाबाट १५% बोनस सेयर दिने प्रस्ताव अनुमोदन गरेको थियो । 

Post Your Comment